२६ मसिर,खुल्लान्यूज
आर्थिकब्यूरो । गुल्मीका युवाहरुले सञ्चालन गरेको पछिल्लो समय निक्कै चर्चामा रहेको उज्यालो बहुउद्देश्यीय सहकारी सस्था लि. को प्रथम साधारणसभा हुने भएको छ । लुम्बिनी प्रदेश भुमि ब्यावस्था,कृषि तथा सहकारी मन्त्रालयमा दर्ता भै चार जिल्ला गुल्मी,पाल्पा,अर्घाखाँची र रुपन्देही कार्यक्षेत्र रहेको सहकारीको यहि पौष ४ गते शनिबारका दिन साधारण सभा हुन लागेको सस्थाका प्रबन्धक प्रकाश चालिसेले बताएका छन ।
साधारण सभाबाट आगामी ४ वर्षको लागि नयाँ संचालक समिती निर्बाचित हुनेछ । साथै नेतृत्वका लागि धेरै जना आकान्क्षी रहेको बताइएको छ । नेतृत्वका दाबेदारहरुले आफ्नो पक्षमा लविङ गर्न थालिसकेको, भेटघाटलाई तिब्र बनाएको एक सदस्यले बताएका छन । तर सहमतिमै नेतृत्व टुङ्गो लाग्ने सचिब घनश्याम खरेलले दाबी गरे । अध्यक्ष श्रीराम महतले खुल्लान्यूजसङ्ग कुरा गर्दै नेतृत्वका बारेमा कुनै सल्लाह नभएको जिकिर गरे, तपाईं दोहोरिने कुरा के हो ? भन्ने प्रश्नमा आफू चुनाब नलड्ने तर सहमतिमा भए नछाड्ने घुमाउरो पारामा जवाफ दिए ।
छोटो समयमै निक्कै राम्रो प्रगति गरेको सहकारीमा २ सय बढी सेयर सदस्य रहेका छन । सहकारीले स्थानिय उत्पादन र कृषकलाई प्रोत्साहन गर्ने भन्दै कोदो सकलन केन्द्रका लागि ४ रोपनी जग्गा लिइसकेको अध्यक्ष महतले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs