२८ मसिर, खुल्लान्यूज
जिल्लाब्यूरो । गुल्मीको ब्यस्त र प्रमुख सडक मध्येको चोरकाटे-रुपाकोट- शान्तिपूर सडक पिच हुने भएको छ ।
गुल्मीको सत्यवती चोरकाटे हुँदै चन्द्रकोटको शान्तिपूर जाने यो सडकको स्तरोन्नति पिच हुने भएपछी त्यहाँका स्थानिय साथै त्यस सडक हुँदै यात्रा गर्ने हराचौर दिब्रुङ्ग बिसुखर्क बाग्लुङको बरेङ्ग सल्यान सुखौरा थालेपोखरा सम्मका नागरिकहरु हर्षित भएका छन ।
आइतबार लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सडक स्तरोन्नतिको शिलन्यास गरेका हुन । कार्यक्रममा मन्त्री बरालले सडकको पिचको काम गुणस्तरयुक्त गर्न र समयमै काम सम्पन्न गर्नको लागि निर्माण ब्यावसायीलाई सुझाएका थिए । साथै योजना समयमै सम्पन्न गर्नको लागि आफ्नो तर्फबाट आबस्यक सहयोग रहने र स्थानिय सरकारले पनि सहजीकरण गर्न तयार रहनु पर्ने बताएका थिए । मन्त्री बरालले कार्यक्रममा यो सडकको गोरेटो निर्माण गर्दा आफुपनि हप्तौदिनसम्म खाना खाजा पोको पारेर बासै बसेर कोदालो गैटिले खनेको स्मरम गर्दै अहिले आफुले नै पिचको योजना शिलान्यास गर्न पाउँदा निकै खुशी लागेको बताए ।
कार्यक्रममा सत्यवती गाउँपालिका अध्यक्ष पारस्वर ढकाल उपाध्यक्ष शुवर्णा शाही, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण बहादुर खत्री उपाध्यक्ष राधिका अर्याल, नेकपाका नेता युवराज के सि, यदु ज्ञवाली, घनश्याम खरेल, देबु गुरुङ, सडक पुर्वाधार विकास कार्यालय प्रमुख ईन्जिनियर गोपीराज पुन, निर्माण ब्यावसायी कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश सरकारको समपुरक बजेटमा सम्पन्न हुने आयोजनाको कुल लागत १९ करोड ७१ लाख २७ हजार २६४ रुपैयाँ २१ पैसा रहेको छ । शिलान्यास कार्यक्रममा निर्माण ब्यावसायी आचार्यले आफुले पाएको जिम्मेवारी समयमै सम्पन्न (सन २०२२ सेप्टेम्बर २३ ) गर्ने प्रतिबद्धता समेत ब्याक्त गरेको थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs