२९ मसिर,खुल्लान्यूज
राजनितीक ब्यूरो । गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकैदिन १ सय ५० जनाले नेपाली काङ्ग्रेस परित्याग गरेको घोषणा गरेका छन । पालिकाको वडा न.७ रुपाकोटको एक कार्यक्रममा काङ्ग्रेसको विभिन्न जिम्मेवारीमा रहेका ब्याक्तिहरुले सामुहिक रुपमै आफुहरु जिम्मेवारी त्यागेको घोषणा गरेका हुन ।
आइतबार रुपाकोटमा नेपाल कम्युनिस्ट नेकपाको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रम थियो । कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा नेकपा प्रदेश कार्यालय सदस्य सुदर्शन बरालले नेपाली काङ्ग्रेस त्यागेर नेकपामा प्रबेश गर्नेहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा रोचक विषय त के देखियो भने प्रवेश गर्नेहरु परिवारका सबै सदस्यहरु हजुरबुबा देखि नातीसम्म एउटै मन्चमा थिए । साथै बिदेशमा रहेका छोराछोरी बुहारीहरुले समेत भिडियो लाइभ गरेर आफुहरु नेकपामा प्रबेश गरेको जानकारी गराएका थिए ।
प्रवेश गर्नेहरुमा तरुण दल रुपाकोटका सभापति गोपाल भण्डारी, काग्रेसका पुर्व क्षेत्रीय कोषाध्यक्ष टिकाराम भण्डारी,रुपाकोटका पुर्व उपसभापति बिष्णु भण्डारी, रुपाकोट सेवा समाज जापानका सचिव प्रकाशराज भण्डारी लयायत १ सय ५० जनाले एकैपटक उदघोष गरेर नेता बरालको हातबाट रातो टीका र माला ग्रहण गरेका हुन । कार्यक्रममा बडो भावुक शब्दमा टिकाराम भण्डारीले आफुहरु काग्रेसको जग भएको जिवनकाल भरी पार्टिको बिभिन्न जिम्मेवारमा रहेर काम गरेको पटक पटक काग्रेसको उम्मेद्बारलाई चुनाब जिताएको तर पार्टि जित्नेको लागि मात्रै आउने र जितेपछी गाउँ विकासको लागि कुनै चासो नदेखाउने काम नगर्ने हामीलाई भोटको लागि मात्र प्रयोग गर्ने भएको हुनाले आफुहरुले पार्टी परिवर्तन गर्नु परेको बताएका थिए । साथै आफुहरुले धेरै समय धैर्य गरेर प्रतिक्षा गरेको तर अब काग्रेससङ्ग पुरै आशा मेटिएको हुनाले अबको पुस्तालाई सहि मार्गमा लैजान र ठाउको विकास गर्नको लागि नेकपा रोजेको बताए ।
कार्यक्रममा बोल्दै तरुण दलका सभापति समेत भैसकेका गोपाल भण्डारीले काग्रेस पार्टीबाट र अहिलेका नेताहरुबाट विकास र परिवर्तनको कुनै आशा गर्न नसकिने उल्लेख गरे । आफुपनि जन्मैदेखि बशजको कारणबाटनै नेपाली काग्रेस भएको हुनाले आज केही अप्ठ्यारो लागेको तर धेरै लामो बिचार बिमर्श र छलफलबाट निर्णय लिएको उनले बताए । साथै कुनै ब्याक्तिगत लाभ या प्रलोभनमा नभइ गाउको विकास र रुपाकोट वासीको समृद्धिको लागि नेकपामा प्रवेश गरेको भण्डारीको भनाई थियो ।
मन्त्री तथा नेकपाका नेता बरालले कार्यक्रममा सम्बोधन गर्दै पार्टी सबै राम्रो भएको तर नेताहरुको प्रवृत्तिले असामान्य परिस्थिति पनि बेहोर्नु पर्ने भन्दै अब आफुहरु समाजबादको बाटोमा अघि बढेको उल्लेख गरे । साथै आफू सधै विकास र समृद्धिको लागि खटिरहेको बताए । आफुहरु जुनसुकै पार्टिको भएपनी अहिले जनप्रतिनिधि भएको हुनाले सबैको साझा भएको र समस्यामा जो सुकै नागरिकलाई पनि हरसम्भव सहयोग गर्न तत्पर रहेको जनाए । उनले विकासका लागि यो उ पार्टी नभनेर सबै एकजुट हुन समेत आग्रह गरे ।
कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त सचिब बिरबहादुर कार्की प्रदेश सदस्यहरु युवराज के सि बुद्दी जिसि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा कार्यालय सदस्य कृष्ण सुनार हिरा ए सि चन्द्रकोट गाउँपालिका उपाध्यक्ष राधिका अर्याल जिल्ला सचिवालय सदस्यहरु चेतन बस्नेत टकबहादुर क्षेत्री जिल्ला सदस्यहरु चित्रबहादुर के सि यदु ज्ञवाली गोकर्ण शर्मा प्रेम पराजुली गुल्मी काठमाडौ गणतान्त्रिक मन्चका अध्यक्ष शकर भण्डारी अनेरास्ववियूका केन्दियहरु घनश्याम खरेल कासी पाण्डे लगायतको उपस्थित रहेको थियो ।




