१ पुस, खुल्लान्यूज
पालिका ब्यूरो । मुसिकोट नगरपालिका अन्तर्गत कृषि पशुपालन र पर्यटनको क्षेत्रका उधम गरिरहेका कुल १२५ उधमी मध्ये विभिन्न चरणहरु पार गरि उत्कृष्ट २० मा परेका उधमीहरुको औपचारिक घोषणा गरिएको छ । साथै उनिहरुलाई ३ दिने ब्यावसायिक प्राबिधिक तालिमको सन्चालन गरिएको छ। उधमीहरुको ब्यबसायलाई कसरी राम्रोसङ्ग अगाडि बढाउन सकिन्छ उनिहरुको समस्या र त्यसको निराकरणमा यस तालिमले सहयोग पुर्याउने बताइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती समेत रहेका नगर प्रमुख सोमनाथ सापकोटाले उत्कृष्ट उधमीलाई बधाई ज्ञापन गर्दै मुसिकोट नगरपालिकामा उधमी ब्यबसायीहरुलाइ नगरपालिकाले पुर्ण रुपमा सहयोग गरिरहेको साथै आगामी दिनमा यसलाई अझै बढाउदै लैजाने बताए । कार्यक्रममा तालीम सयोजक अनिल बाबू पोखरेल उप प्रमुख कमला शर्मा प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल आर्थिक बिकास समिती सयोजक प्रकाश काफ्ले नेपाल पत्रकार महासघ गुल्मीका अध्यक्ष नबराज भुसाल प्रशासन शाखा प्रमुख प्रकाश घिमिरे वास सयोजक सीता भुसाल कृषि अधिकृत जनक पौडेल पशुसेवा प्रमुख महेन्द्र पन्थी लगायतको उपस्थिति रहेको थियो । स्वागत तथा तालीमको उद्देश्य र दायित्वको बारेमा सुर्य रिजालले प्रकास पारेका थिए । साथै कार्यक्रमको सन्चालन महेन्द्र घिमिरेले गरेका थिए।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs