मानिसको शरीर वा आन्तरिक जिवन प्रणालीको आफ्नै चक्र हुन्छ। तिथिहरूको खोज वा रहस्य यही मानिसको शरीरक्रियालाई जनाउने रिद्म वा तरंगको चक्र हो।
मनुष्यसंग प्रत्येक तिथिको महत्व र सम्बन्ध छ। खासगरि औँसी, पूर्णिमा, एकादशी र कृष्णपक्षको त्रयोदशी विशेष महत्व राख्छन्।
औँसी र पूर्णिमामा शरीर र मनमा एकदम अस्थिर, वेचैन, मानसिक असंतुलन हुने गर्छ।
एकादशीमा शरीरका कोषले खाना खान रूचि गर्दैनन्।
कृष्णपक्ष त्रयोदशी महिनाको सबैभन्दा अँध्यारो रात हुन्छ, यसलाई शिवरात्री पनि भनिन्छ, यो रात पृथ्वीबाट विशेष ब्रह्माण्ड उर्जा उत्सर्जन हुनेगर्छ। फागुन महिनाको शिवरात्रीको तिथिलाई महाशिवरात्री भनिन्छ। यो रात वर्षभरिमा नै सबैभन्दा बढी उर्जा उत्सर्जन हुने रात हुन्छ।
आन्तरिक साधनाका लागि हिन्दू समाज ब्यवस्स्थामा यी ४ तिथिका दिन पहिले पहिले बिदा दिईन्थ्यो, खासगरी औँसी र पूर्णेमा ५ दिन बिदामा बसेर साधना गरिन्थ्यो।
औँसीको दिन र त्यसको दुईदिनपछि गरी ३ दिन र पूर्णिमाको दिन र त्यसको भोलिपल्ट गरी २ दिन बिदा राखिन्थ्यो। यसरी नियमित महिनाको यी ५ दिन बिदा गरिन्थ्यो, घरघरमा बिदा मानेका हुन्थे।
मानिसको जिवन जब भित्रभित्रै संतुलित हुन्छ अनि मात्र बाहिर ब्यवस्थित हुन सक्छ- यी विदाको लक्ष भित्र संतुलित र बाहिर ब्यवस्थित र सुखमय रहन सहज पार्नु हुन्थ्यो।
मानिसको शरीर भनेकै तिथि ब्यवस्थाको चक्र हो। अरू गते बार वा मितिको कुनै आन्तरिक औचित्य मानिदैन थियो।
आइतबार, शनिवार वा शुक्रबार बिदा दिनुको मानिसको जिवनचक्र प्रणालीसंग कुनै अर्थ छैन।
नेपाल सम्बत तिथिमा आधारित वर्ष क्यालेण्डर प्रणाली हो। यसले मानिसलाई आफ्नो रिदममा चल्न स्मरण गराउने गर्छ।




