आत्महत्या भन्नाले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई बुझिन्छ । जसले आत्महत्याको प्रयास अथवा आत्महत्या नै गर्दछन्, त्यसमध्ये ९५ प्रतिशत व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ भन्ने कुरा अध्ययनहरूले पुष्टि गरेका छन् । त्यसमध्ये धेरैजसो व्यक्तिहरूमा आत्महत्याको कारण उदासीनता वा डिप्रेसन हुने गर्दछ। बाँकी ५ प्रतिशत व्यक्ति भने कहिलेकाहीँ एक्कासि तनावपूर्ण अवस्थामा पनि आत्महत्याको प्रयास गर्दछन्। यो मानसिक रोगले नभएर अचानक हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ।
पछिल्लो समय आत्महत्याको मुल कारण प्रेम सम्बन्ध पनि बनेको छ। अन्तरजातीय रुपमा गासिएका प्रेम सम्बन्ध वा अभिभावकले जबर्जस्ती रुपमा विहे गर्दिदा पनि प्रेम जोडीहरु आत्महत्याको बाटो रोज्ने गरेको तथ्यहरु पछिल्लो समय प्रशस्त मात्रामा पाउन सकिन्छ।त्यसैगरी विभिन्न समस्याको कारणले गर्दा पनि आत्महत्या गर्ने गरेको पाईन्छ,जस्तै आर्थिक स्थिति कमजोर भएर,कसैको दबाब सहन नसकेर तथा अन्य विभिन्न कारणले आत्महत्या गरेको पाईन्छ
आत्महत्यासँग सम्बन्धित जोखिम कारकहरूमा गरिएको अध्ययनले आत्महत्याका लागि निम्न आठ कारक महत्वपूर्ण मानिन्छन्ः डिप्रेसनका लक्षणहरूको उच्च स्कोर, अघिल्ला आत्महत्याका प्रयासहरू, हालसालै घटेका तनाव दिने घटनाहरू, कम गुणस्तरको जीवनशैली, पुरानो तनाव, गम्भीर पारस्परिक द्वन्द्व, आत्महत्याको प्रयास वा सोच गरेका आफन्तहरू या आत्महत्याको प्रयास वा सोच गरेका साथीहरू। यी कारकमध्ये यदि कुनै व्यक्तिमा २–३ कारक छन् भने आत्महत्याको सम्भावना ३० प्रतिशत हुन्छ। ४–५ कारक भए ८५ प्रतिशत अनि ६ भन्दामाथि भए ९६ प्रतिशत सम्भावना रहन्छ।
सबै आत्महत्या रोक्न सकिँदैन, तर प्रायः आत्महत्या रोक्न सकिन्छ। समुदाय र राष्ट्रिय स्तरमा धेरै जोखिमहरू कम गर्न धेरै उपायहरू अपनाउन सकिन्छः
– आत्महत्या गराउन सक्ने तरिकामा पहुँच घटाउने (जस्तै कीटनाशक, लागुपदार्थ, बन्दुक)
– मानसिक समस्या भएका बिरामीको उपचार गर्ने (विशेष गरी डिप्रेसन, मद्यपान र स्किजोफ्रेनियाको बिरामी)
– विगतका आत्महत्याका प्रयासका कुरा गरेर वर्तमान अवस्थाको मूल्यांकन गर्ने
– मिडियाले पनि जिम्मेवारीपूर्वक सामग्री प्रसारण गर्ने
– प्राथमिक स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम दिने
अन्तत समग्रमा भन्नुपर्दा आत्महत्या नै सबै कुराक विकल्प होइन।हरेक समस्याको समाधान सग जुध्न सिक्ने हो झुक्न होइन त्यसैले कसैले पनि आत्महत्या गर्न दुस्पर्यास नगरौ