१५ जेठ
गुल्मी । गुल्मीका संचारकर्मी तथा पत्रकार हुमाकान्त पोखरेल सामुदायिक सुचना नेटवर्कद्वारा सम्मानित भएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) तथा सामुदायिक सुचना नेटवर्क (CIN) को १३ औ वार्षिकोत्सवका अवसरमा भर्चुवल मध्यमबाट गरिएको कार्यक्रममा देशैभरिका रेडियो पत्रकारहरुमध्ये ५ जनालाई पदान गरिएको (दिगो शान्ति पत्रकारिता पुरस्कार) बाट गुल्मेली पत्रकार पोखरेल पनि पुरस्कृत भएका हुन्।
जिल्लाका लोकप्रिय रेडियो,अनलाइन पत्रिकाहरु बाट पत्रकारिता सुरु गरेका पोखरेल अहिले थुप्रै राष्ट्रिय अनलाइन तथा अफलाइन पत्रिका संगै अन्य ठुला संचार माध्यमहरुमा आवद्द छन्।
पत्रकार पोखरेलले विगत पाँच वर्षयता सामुदायिक सुचना नेटवर्कमा आवद्द भएर सिआईएनमा जिल्लाका विभिन्न अनियमितता तथा रचनात्मक सुझावसहितका दिगो शान्ति स्थापनामा टेवा पुर्याउने खालका रिपोर्टहरु सम्प्रेषण गरिरहेका छन्।
सोहि क्रममा दुई बर्ष अगाडि सिआइएनको बालविवाह विरुद्दको राष्ट्रिय अभियानमा देशैभरबाट प्रथम हुने अवसर प्राप्त गरेका पत्रकार पोकरेल्ले जिल्लामा पनि लामो समयदेखि सक्रिय पत्रकारिता गरिरहेका छन्।




