हुमाकान्त पाेखरेल, गुल्मी
१६ जेठ । नेपाली काङ्ग्रेस निकट विध्यार्थीहरूकाे भातृ संगठन नेपाल विध्यार्थी संघ, जिल्ला कार्य समिति गुल्मीले गुल्मी अस्पताललाई अक्सिजन कन्सनटेटर प्रदान गरेको छ । विध्यार्थी संघले अक्सिजनकै अभावमा कसैकाे ज्यान जान नपराेस् भन्ने उदेश्यले एक लाख बराबरको एउटा कन्सनटेटर प्रदान गरेकाे नेविसंघ, गुल्मीका कार्यवाहक सभापति राम्जी पन्थीले जानकारी दिए । विपतकाे समयमा अस्पतालसँग समन्वय गर्दै काेभिड विरूद्वकाे यात्रामा हातेमालो गर्न नेविसंघमा अावद्व विध्यार्थीहरूद्वारा रकम संकलन गरि मेसिन प्रदान गरिएको पन्थीले बताए । अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सामग्री प्रदान गरि उपचारमा अाफुहरूकाे मनाेबल बढाएकाेमा नेविसंघलाई धन्यवाद् दिए । अक्सिजन कन्सनटेटर हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष गाेपाल प्रसाद पाण्डे, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुदर्शन खनाल, नेपाली काङ्ग्रेस रेसुङ्गा कमिटी सभापति छवि पाण्डे लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय