२३ चैत्र,खुल्लान्यूज
पालिका ब्यूरो । गुल्मीको चन्द्रकोट गाउँपालिकामा मेलमिलाप सम्बन्धि तालिम सन्चालन भएको छ ।
स्थानिय मेलमिलाप कर्ताहरुको लागि दिइने पुनर्ताजगी तालिम ३ दिनसम्म सन्चालन हुने प्रशासन प्रमुख तथा न्यायिक समितिका उजुरी प्रशासक प्रमुख शिव ज्ञवालीले बताए । बुधबारदेखि सन्चालन भएको तालिममा गाउँपालिका अध्यक्ष दोर्णबहादुर खत्री प्रमुख अथिती र स्थानिय न्यायिक समिती संयोजक तथा गाउँपालिका उपाध्यक्ष राधिका अर्यालको अध्यक्षतामा रहेको थियो । साथै न्यायिक समितीका सदस्य एवम वडा अध्यक्षहरु गोकर्ण राज शर्मा र किरण शाह अथितिको रुपमा रहेका थिए ।
गाउँपालिकामा सुचिकृत भएका र आधारभुत तालिमप्राप्त गरेका २४ जना मेलमिलाप कर्ता सहभागी रहेको तालिममा प्रशिक्षक घनश्याम खरेल र प्रकाश चालिसेले सहजिकरण गर्ने बताइएको छ ।
स्थानिय मेलमिलापकर्ताहरुको मिहिनेतले गाउँपालिकामा झैझगडा तथा बिबादहरुलाई स्थानिय रुपमै समाधान गरेको र केही नमिलेका बिबादहरुलाई न्यायिक समितिले मेलमिलाप मार्फत नै बिबादको समाधान गरिएको न्यायिक समिति सयोजक राधिका अर्यालले बताएकि छन । साथै अहिलेसम्म कुनैपनी बिबादमा निर्णय गर्न नपरेको उनको भनाई थियो ।
तालिम गतवर्ष नै गर्न खोजिएपनी कोभिड महामारीको कारण अहिले मात्रै पुनर्ताजगी तालिम सन्चालन गरिएको पालिका अध्यक्ष दोर्ण खत्रीले बताए । स्थानिय मेलमिलाप कर्ताहरुको कारण पालिकामा बिबादहरु न्यूनीकरण भएको उनको भनाई थियो।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs