आज २१ औं शताब्दीमा आइपुग्दा पनि हाम्रो समाजका नारीहरू पुरूष दासत्वलाई सधैं आफ्नाे नियति सम्झेर बस्न बाध्य भएका छन् । आधा धर्ती र आकाश ओगटेका नारी समाज उत्थान हुनु आजकाे परिपेक्ष्यमा अपरिहार्य आवश्यकता भइसकेको छ । शुसस्कार युक्त र असल समाजकाे निर्माणमा पुरूषकाे भन्दा बढि महिलाको महत्त्व हुने बुझेर विश्व बिजेता नेपाेलियन बाेनापार्टले एकपटक भनेका थिए “मलाई असल आमा देउ म तिमिलाइ असल राष्ट्र दिनेछु ।” उनकाे भनाइमा विमति राख्नुपर्ने कुनै कारण छैन सुशील ,शान्त ,मृदुभाषि आमाका सन्तान पनि स्वाभवैले नै आमाकाे पदचिह्नमा हिड्छन एक शिक्षित सक्षम नारीले नै परिवारलाई सहि बाटाे निर्देशन गरेर अघि बढाउन महत्त्वपूर्ण भुमिका निर्बाह गरेकी हुन्छिन एक एक परिवार मिलेर समाज र समाजका हरेक भाग मिलेर राष्ट्र बनेको हुन्छ राष्ट्र काे एकाइ नै परिवार हाे । राष्ट्रकाे एकाइमा रहेका प्रत्येक परिवारमा शिक्षित ,सक्षम ,असल र गुणवान् नारी भएमा त्यस परिवारका प्रत्यक सदस्य नै असल तथा गुणवान् हुन सक्दछन परिवारका सदस्य असल भएमा मात्र राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति परिपुर्ति हुन सक्छ ।

यसरी एक शिक्षित, असल ,सक्षम नारीले राष्ट्र निर्माणमा अपरिहार्य भुमिका निर्वाह गरेकी हुन्छन् भन्ने कुरा नकारनु हुदैन । हाम्रो समाजमा अझै पनि नारिलाइ कमजोर जातिका रूपमा लिने गरेको पाइन्छ । स्रोतसाधन मा महिलाको न्यून पहुच का साथै अशिक्षाका कारण हाम्रो समाजले दिगो आर्थिक समुन्नतिलाई समेट्न सकेकाे छैन कुनै पनि राष्ट्रकाे चौतर्फी विकासका लागि हेरक नारीहरूकाे चेतना जागरित हुनैपर्छ । राष्ट्र काे आधा आकाश ओगट्ने महिलाको चेतनाको विकास बिना राष्ट्र निर्माण काे कार्य नि अपुर्ण नै हुने गर्दछ, त्यसैले सम्पूर्ण महिला जातिलाई सम्पूर्ण क्षेत्रमा समेटेर नै अगाडि लिएर जानु ३३ प्रतिशत काे सहभागीताकाे अवसर दिए पनि महिलाले पाउनुपर्ने सम्पूर्ण अवसर पाएका छैनन् ।

अवसर पाएकाे खण्डमा त्यस क्षेत्रकाे राम्रो नतिजा प्राप्त गर्न सक्ने विभिन्न दृष्टान्त प्रशस्त रूपमा हामीले देख्दै आएका छाैं पितृसत्तात्मक राज्य व्यवस्था र पुरूषकाे हाली मुहालि रहेको राजनीति व्यवस्थाले महिलाका आवाज कुण्ठित भएर बाहिर आउन सकेका छैनन् भन्दा अत्युक्ति नहाेला , किन अझै पनि महिलालाइ कमजोरकाे रूपमा हेरिन्छ ? किन महिलालाई महत्त्वपूर्ण जिम्मेवारी दिइदैन ? किन महिलालाई देश हाक्ने जिम्मेवारी दिन सकिदैन ? किन महिलालाई नेत्रिकाे रूपमा हेरिदैन ? किन महिलालाई विभेद गरिन्छ ? किन महिला अझै पनि दमित हुनुपरेको छ ? किन महिलामाथि दमन शाेषण बल्त्कार गरिन्छ ? आदि अनेकौं प्रश्न काे सहि निराकण समाजमा खाेज्नुपरने आवश्यकता रहेको छ । अवसरबाट महिलालाई बन्चित नगरने हाे भने महिलाहरू नेतृत्वदायि तहमा सजिलै जान सक्दछन भने असल ,सक्षम र उत्तरदायी बाेध सहित सफलता प्रस्तुत गर्न पनि सक्दछन, बास्तवमा भन्नुपर्दा कागजL दस्तावेज मा मात्र सिमित रहन पुगेको महिला सशक्तीकरण अभियान ले नेपाली महिलाको राजनीतिक ,सामाजिक ,आर्थिक पहुँचमा व्यवहारिक रूपमा कुनै पनि परिवर्तन गर्न सकेको छैन ।
नेपाली महिला देशको महत्त्वपूर्ण क्षेत्रमा आफ्नाे पकड राख्न सक्दैनन् भन्नुकाे अर्थ याे हाेइन कि उनिहरूमा मनाेवल ,सीप , जागर र कार्य क्षमताको अभाव वा कमि छ । याे त केवल अवसरबाट बन्चित गरिनुकाे साथै हाम्रो समाजले महिलाका हरेक आशा लाग्दा पहुँचमा उत्पन्न गरिएको अवरोध का कारणले मात्रै उनिहरूले यथेष्ट प्रगती गरन नसकेका हुन् । नारि जातिले कुनै पनि कार्य सुरु गरनुभन्दा पहिले धेरै पक्ष , परिवार ,समाज तथा विभिन अवस्थामा आज्ञा वा अनुमती लिनुपर्ने हुन्छ भने त्यहि परिवारमा समाजकाे पुरूषले स्वतन्त्र रूपमा गर्न सक्ने हाम्रो सामाजिक परिस्थिति र सस्कार रहेको छ । त्यसैले सकारात्मक परिवर्तन काे लागि सामाजिक दृष्टिकोण सामाजिक मुल्यमान्यता र परविर्तन गरनु पर्ने पहिलो आवश्यकता देखिन्छ साथै सहर केन्दित महिला अधिकार बहसले मात्र सम्पूर्ण नारी जातिको अवस्थामा आमुल परिवर्तन गरन सकिन्छ भन्नू आश गरनु मात्र हुनेछ, त्यसका लागि पिछडिएको बर्ग ,क्षेत्र, समुदाय ,गरिब , अशिक्षित महिलामा शिक्षा तथा जनचेतना काे विकास गरनु अत्यावश्यक छ ।

समान अवसर तथा सहअस्तित्व र स्वतन्त्रता पाएमा नेपाली महिलाहरू पनि देशको राजनीति सामाजिक आर्थिक तथा विकास निर्माणका क्षेत्रमा पनि प्रभावकारी कार्यदक्षता प्रस्तुत गर्न सक्छन भन्ने कुरा सम्बन्धित निकायले बुझ्नुपर्ने हुन्छ । नरनारि एक सिक्का का दुई पाटा हुन भन्ने कुरालाई हेक्का राख्दै व्यवहारमै कार्यन्वयन गर्नुपर्ने हुन्छ महिललाइ कमजोर काे रूपमा हेर्ने र एकपक्षीय निर्णय प्रकियाले नेपाली महिलालाई अवसरबाट बन्चित गरिनुहुदैन अहिले समाजमा विद्मामान महिलाप्रती काे विभेदकारी साेचाइ र प्रवृतिमा आमुल परिवर्तन ल्याएर महिलालाई अवसर प्रदान गर्दै उनिहरूकाे सशक्तीकरण गर्न आवश्यक छ राष्ट्र निर्माणका लागि पनि महिलालाई शिक्षित , चेतनशील ,सिपमुलक ,दक्ष तथा सक्षम बनाउन अवसर प्रदान गरिनुपर्छ । महिला सशक्तीकरण बिना देश विकास हुन कठिन छ । त्यसैले महिला सशक्तीकरणबाट मात्रै देश निर्माण मा टेवा पुग्ने हुदा त्यसतर्फ सबै काे ध्यान जान आवश्यक छ । महिला सशक्तीकरणकाे लागि सबै जना एक हुन आवश्यक छ ।
लेखक : प्रियंका पन्थि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय