दिपेन्द्र खत्री गुल्मी । अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का २० वर्षीय विष्णु खत्री नेपाली मौलिक रियालिटी सो ‘लोकदोहोरी स्टार-२’ को भोटिङ राउन्डमा पुगेका छन् । यसै वर्ष ‘अर्घाखाँची लोक तारा’को उपाधि जितेका केसी अहिले आफ्नो गायन प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउने यात्रामा अघि बढिरहेका छन् ।
स्थानीयस्तरमा आयोजना भएको गायन प्रतियोगितामा सफलता हासिल गरेका खत्रीका लागि ‘लोकदोहोरी स्टार-२’ अर्को महत्त्वपूर्ण अवसर बनेको छ । २० वर्षकै उमेरमा लोकदोहोरी गायनमा आफ्नो पहिचान बनाउने प्रयासमा रहेका उनी प्रतियोगितामार्फत थप दर्शकमाझ पुग्ने अपेक्षासहित अघि बढिरहेका छन् ।
‘अर्घाखाँची लोक तारा’को उपाधि जितेपछि उत्साहित बनेका केसी अहिले नेपाली मौलिक लोकदोहोरी संगीतको क्षेत्रमा आफ्नो सम्भावना खोजिरहेका छन् । लोकसंगीतप्रतिको रुचि र गायनप्रतिको लगावलाई निरन्तरता दिँदै आएका उनी गीत गाउनेसँगै संगीत सिकाउने काममा समेत सक्रिय छन् । उनले बुटवलमा म्युजिक क्लाससमेत सञ्चालन गर्दै आएका छन् ।
‘लोकदोहोरी स्टार-२’ को भोटिङ राउन्डमा अन्तिम २४ जना प्रतिस्पर्धी छनोट भएका छन् । यस चरणमा प्रतिस्पर्धीलाई दर्शक तथा श्रोताले गर्ने भोट आगामी यात्राका लागि महत्त्वपूर्ण हुनेछ । खत्रीलाई प्रतियोगितामा आठौँ नम्बरमा भोट गर्न सकिनेछ । ईसेवामार्फत उनलाई भोट गरेर प्रतियोगिताको आगामी चरणमा पुग्न सहयोग गर्न सकिनेछ ।
स्थानीयस्तरमा ‘अर्घाखाँची लोक तारा’को उपाधि जितेर आफ्नो गायन क्षमता प्रस्तुत गरिसकेका केसीका लागि अहिलेको प्रतियोगिता अझ ठूलो दर्शकमाझ पुग्ने अवसर हो । जिल्लामा प्राप्त सफलतालाई राष्ट्रियस्तरको मञ्चमा विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेका उनका लागि दर्शकको साथ र समर्थन महत्त्वपूर्ण रहनेछ ।
अर्घाखाँचीको मालारानीबाट गायन यात्रालाई अघि बढाइरहेका केसीको यो सहभागिताले जिल्लाका लोकसंगीतप्रेमी तथा समर्थकमा पनि चासो बढाएको छ । ‘लोकदोहोरी स्टार-२’ मा उनको प्रस्तुतिलाई दर्शकले साथ र सहयोग गरेमा उनी थप अगाडिका चरणमा प्रवेश गर्नेछन् ।






