गुल्मी । गुल्मीमा बुवाआमाकाे स्मृतिमा प्रतिक्षालय निर्माग गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५, वस्तु निवासी ७६ वर्षीय लालमणी पाण्डेले आफ्ना बुवा स्व. बुवा शाेभाखर पाण्डे र स्व. आमा जीवकला पाण्डे र उदकला पाण्डेकाे स्मृतिमा प्रतिक्षालय निर्माण गरेका हुन् । उनले इस्मा गाउँपालिका -३ र ५ काे संगम स्थल हुलाकेमा प्रतिक्षालय निर्माण गरेका हुन् ।

प्रतिक्षालयले स्थानीय तथा आवतजावत गर्ने यात्रुहरूलाई विश्राम गर्न सहज हुनेछ । बुवाआमाले जीवनमा धेरै दुःख, कष्ट र संघर्ष गर्दै आफ्ना सन्तानलाई हुर्काएकाे स्मरण गर्दै प्रतिक्षालय निर्माण गरिएको हाे ।

७६ वर्षीय पाण्डेले भारतीय सेनामा आठ वर्षसम्म सेवा गर्नुभएको थियो। सेनाको जागिर छाडेपछि उहाँले आफ्नो जीवन सामान्य गाउँबस्तीमा बिताउँदै आउनुभएको छ।
पाण्डेका एक छोरा र तीन छोरी गरी चार सन्तान छन्। उहाँका चारै जना सन्तान सरकारी सेवामा कार्यरत छन् ।

व्यक्तिगत जीवनलाई सरल बनाउँदै सामाजिक सेवामा समर्पित पाण्डेको यस कार्यले दिवंगत अभिभावकप्रतिको सम्मान मात्र प्रकट गरेको छैन, स्थानीय समुदायप्रतिको जिम्मेवारी र सामाजिक सेवाको भावनालाई समेत उजागर गरेको छ।
बुवाआमाको सम्झनालाई सामाजिक सेवासँग जोड्दै निर्माण गरिएको यो प्रतीक्षालय स्थानीय समुदायका लागि उपयोगी र प्रेरणादायी कार्य बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय