२९, कार्तिक खुल्ला न्यूज
गुल्मी । मानव अधिकार संस्था ईन्सेकले कार्तिक महिनाको उत्कृष्ट प्रतिनिधीको रुपमा गुल्मीका प्रतिनिधी टोपलाल अर्याललाई छनोट गरेको छ ।
ईन्सेकले भनेको छ, गुल्मी जिल्लामा रहेर मानव अधिकारको अभिलेख र प्रशारणको काम गर्दै आउनु भएका अर्याल २०७७ कार्तिक महिनाको उत्कृष्ट प्रतिनिधी घोषित हुनु भएको छ । अर्याल आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार र आधारभुत तहका मानिसहरुको अधिकारका सवालमा कलम चलाउनुका साथै पिडितलाई न्याय प्राप्तिका लागी वकालत गर्नुहुन्छ ।
नेपाल पत्रकार महासंघ गुल्मीका सचिव समेत रहेका अर्यालले यसै महिना निक्कै मेहनत गरेर जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ४ जैसीथोककी ३३ वर्षिया पार्वता पन्थी (नेपाली)लाई अदालतले फैसला गरेको ४ वर्ष पछि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए । आफू छनोट भएकोमा उनि भन्छन, ईन्सेकले गरेको यो सम्मान प्रति अवारी भएको छु, आगामी दिनमा मानव अधिकारको क्षेत्रमा अझै दृढतापूर्वक लाग्नको लागी उर्जा मिलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय