गत वर्षको रमाइलो भाइटिका र यस वर्षको एक्लै मनाएको भाईटिका ।
मेरो सोंचाइ र भोगाइ….
हाम्रा पुर्खाहरू थोरै मात्रा थिए त्यो बेला अनी सोही अनुसार रीतिथिति बाधेका थिए अहिले परम्परावादी रीतिथितिलाई हामीहरूले शास्त्र अनुसार परिवर्तन गर्न सक्नु पर्छ शास्त्र एकातिर हामी आफ्नै लेडेढिपीमा बिना आधारका अनेक बहाना बनाई आफ्नो पुरातनवादी शैलीको रटाइ मात्र गर्ने ? हामीले हाम्रो संस्कार, संस्कृतिलाई भावी पुस्तालाई बुझाउनु पर्दैन ? शास्त्र भन्दा हामी लेडेढिपी र रटानमा चल्ने ? हामी चौरेहरू १०/१२ वर्षमा एउटा चाड मनाउने र जीवनभर २/३ वटा चाडमा सीमित रहने ? जीवन रङ्गिन छ रङ्गाउन सक्नु पर्छ कसैले पुरातनवादी एकोहोरो ए, अब त एक वर्ष वार्नु पर्छ यो उ उ यो भन्ने रटानको क्रमभंगता गर्नेलाई तिरस्कार गर्ने ? त्यसैले शास्त्रले भनेको भन्दा बढी आफैँ स्वविवेकमा, भावनात्मक बहकावमा परी आफ्नो लेडेढिपीका कारण चाड पर्व नमनाउने निर्णय नगरौँ यसमा पुनर्विचार गरौ छलफल गरौ, एउटा सभ्य र सुसंस्कृत समाजको निर्माण गरौ ल ।
शास्त्रीय दर्शन अनुसार कसले कति समय आशोच बार्नुपर्दछ भन्ने जानकारी पनि हेर्नु हुन अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय