गुल्मी ।
गुल्मीदरबारमा किशोरावस्थाका विद्यार्थीहरुलाई साथी शिक्षा कार्यक्रम संचालन गरिएको छ । उमेर बढ्दै जाँदा स्वास्थ्यमा हुने परिवर्तनबारे जानकारी दिने र किशोरावस्थालाई सहजताका साथ व्यतित गराउने उदेश्यले कार्यक्रम संचालन गरिएको हो ।
यो कार्यक्रम हाल पालिकाका १४ विद्यालयमा संचालन भइरहेको छ । सोही कार्यक्रमलाई प्रभावकारी बनाउन प्रत्येक विद्यालयबाट दुई÷दुई जना साथी शिक्षकका लागि दुईदिने प्रशिक्षण समेत सम्पन्न गरिएको छ । किशोरकिशोरीहरूले आफ्ना उमेरसँग सम्बन्धित शारीरिक तथा मानसिक परिवर्तन, सामाजिक व्यवहार र संवेगात्मक उतारचढावका विषयमा सहज रूपमा आफ्ना साथीहरूसँग कुरा गर्न सक्ने वातावरण निर्माण गराउने उदेश्यले कार्यक्रम संचालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण अर्यालले जानकारी दिए ।






