काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज काठमाडौंले भोटेकोसी बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ। समाजका अध्यक्ष तेजेन्द्र गौतमद्वारा जिल्ला प्रशासन कार्यालय नुवाकोट विदुर,राहत संकलन तथा वितरण केन्द्रका संयोजक होमनाथ दाहाललाई हस्तान्तरण गरेका हुन्।

समाजका अध्यक्ष गौतमका अनुसार राहत सामग्रीहरूमा ६१० बोरा चामल,२४५ केजी दाल,दुई सय बाक्सा खानेतेल रहेको छ। राहत सामग्री हस्तान्तरणपछि बोल्दै समाजका अध्यक्ष गौतमले यस विषम परिस्थितिमा पीडितहरूलाई सेवा गर्नु र दुस्खमा साथ सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको बताए।

उनले आगामी दिनहरूमा यस्तो किसिमको सहयोग निरन्तर रहने प्रतिबद्धता पनि जनाए।

उक्त राहत सामग्री संकलन तथा वितरण केन्द्रका संयोजक दाहाले संस्थाले दिएको राहत सामग्रीप्रति खुसी र धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस किसिमका सहयोगको अपेक्षा राखे। उक्त राहत सामाग्री अब आउने दशैँ चाडबाडका निम्ति ठूलो सहयोग मिल्ने उनको भनाइ छ।

स्रोत थाहा खबर

प्रतिक्रिया

सम्बन्धित खवर