काठमाण्डाै – बङ्गालकाे खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।
आज बिहान प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर र हावाको झोक्कासहित १५० किलोमिटरसम्मको गतिमा आएको हावाहुरी र अत्यधिक वर्षाका कारण आन्ध्र प्रदेशमा रुख र बिजुलीका पोल ढल्दा उनीहरूको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आँधीका कारण दर्जनौँ घरमा क्षति पुग्नुका साथै सडक, विद्युत्, हवाई तथा रेल सेवा ठप्प भएका छन् । विशाखापट्टनम र अनाकापल्लीमा २०० मिलिमिटरभन्दा धेरै वर्षा रेकर्ड भएको छ ।
विपद्लाई ख्याल गरेर आन्ध्र प्रदेशबाट झन्डै ८९ हजार र छिमेकी ओडिशाबाट ३० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।
भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै गए पनि ओडिशालगायतका जिल्लाहरूमा अझै अत्यधिक वर्षाको जोखिम रहेकाे छ ।
स्रोत ः उज्यालो अनलाइन





